काठमाडाैं । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो।
निर्वाचन सुरक्षासम्बन्धी तालिम सकेर घर फर्किने क्रममा आज बिहान सुन्दरखाली मैदान नजिकैको खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लड्दा चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया