काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुने तय भएको छ। पहाडी र तराई भूभागमा मतदानका लागि खासै समस्या नदेखिए पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने कठिनाइ हुने देखिएको छ।

उच्च पहाडी र हिमाली भूभागमा चैतसम्म हिउँ पर्ने भएकाले मतदाताहरूलाई मतदानस्थलसम्म पुग्न समस्या हुन सक्ने निर्वाचन अधिकारीहरू बताउँछन्।

advertisement

यसै सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले सरकारले सबै क्षेत्रमा मतदान गराउन सक्दो प्रयास गर्ने बताएकी छन्। मंगलबार नवलपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कठिन भूभागमा यातायातका साधन प्रयोग गरेर मतदाताहरूलाई मतदानस्थलसम्म ल्याउन सकिने बताइन्।

“थोरै ठाउँ भएका भूभागमा सवारी साधन प्रयोग गरेर मान्छे ओसारेर पनि मतदान गराउन सकिन्छ,” प्रधानमन्त्री कार्कीले भनिन्।

उनले अत्यन्तै असम्भव अवस्था भएमा वैकल्पिक उपायबारे विचार गरिने बताउँदै भनिन्, “कहीं मतदान रोकिएमा सरकारले दोस्रो चरणमा गराउँछ। तर निर्वाचन जसरी पनि हुन्छ।”

प्रधानमन्त्री कार्कीले चुनाव सार्ने विषयमा कुनै पनि राजनीतिक दलले सरकारसँग छलफल नगरेको स्पष्ट पारिन्।
“चुनाव सर्दैन। किन सार्ने ? करिब ३१–३२ अर्ब रुपैयाँ खर्च भइरहेको छ। यो आपतकालीन अवस्थाको चुनाव हो र तोकिएकै समयमा हुन्छ,” उनले भनिन्।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com