काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापाले सरकारले प्रतिनिधि सभा निर्वाचन सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।
एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आशंका व्यक्त गरे।
थापाका अनुसार, निर्वाचन सार्ने संकेत प्रधानमन्त्रीले दिइरहनुभएको छ। केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भन्दै दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो।
उनले भने, सरकार निर्वाचनमा अनेक षड्यन्त्र गर्न, दलहरुलाई विवादमा तान्न र न्यायालयमा आफ्नो छाँया पार्ने काममा तल्लिन रहेको छ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया