काठमाडाैं । धादिङको गल्छी गाउँपालिकामा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

गल्छी गाउँपालिका–१ का २४ वर्षीय विशाल खतिवडालाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

advertisement

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले पीडितको उजुरीको आधारमा तत्कालै कारबाही अघि बढाउँदै उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका खतिवडामाथि जबरजस्ती करणीसम्बन्धी आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको छ। साथै, घटनासँग सम्बन्धित थप तथ्य बुझ्न र प्रमाण संकलन गर्न प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com