काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी छाडेर गएकाहरूलाई फर्किन आह्वान गरेका छन्। आज एक भिडिओ सन्देश जारी गर्दै निष्क्रिय रहेकाहरूलाई पनि पार्टीमा जोडिन आग्रह गरे।

उनले भनेका छन्, ‘म पार्टी छोडेर जानुभएको साथीहरूलाई आह्वान गर्छु, पार्टीमा निष्क्रिय हुनुभएको साथीहरूलाई आह्वान गर्छु अब तपाईँ सक्रिय बन्नुपर्छ, अब तपाईँ पार्टीमा फर्कनुपर्छ। किनकि तपाईँले चाहेको जस्तो कांग्रेस बनाएर आएका छौँ, तपाईँसँगै यात्रा अगाडि बढाउन चाहन्छौँ।’

advertisement

उनले पार्टीको प्रत्येक तहमा काम गरिरहेको बदलिएको कांग्रेस भनेको के हो ? यसको सन्देशलाई घरघर पुर्‍याउन आग्रह गरे।

उनले थपेका छन्, ‘अहिलेको लागि यति मात्र नेपाली कांग्रेस बदलेर आएका छौँ। बदलिएको नेपाली कांग्रेसले देशलाई बदल्छ। यो नयाँ नेपाली कांग्रेस हो। यो ‘कांग्रेस २.०’ हो। जसले पुराना कांग्रेसका सबै असल कुराहरूलाई लिएको छ, खराब कुराहरूलाई छाडेको छ र नयाँ युगको नयाँ मागलाई स्वीकार गरेर अगाडि आएको छ।’

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com