काठमाडौं । अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज दिउँसो भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २८ वर्षीय सुशील आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा प्र ०२–०३० प ८०१३ नं को मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौतर्फ आउँदै गरेको बा ३ ख ८४३ नंको बस एकआपसमा ठोक्किएर मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीचौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए।

तामाङका अनुसार गम्भीर घाइते भएका मगरलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई अपराह्न मृत घोषणा गरेको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com