काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचन प्रचारप्रसारका लागि देश दौडाहामा सक्रिय छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका शाह चुनावी अभियानलाई तीव्र बनाउँदै सुदूरपश्चिमसहित पूर्वी जिल्लाहरूमा पुगिसकेका छन्।
रास्वपाबाट प्रधानमन्त्री पदका लागि प्रस्तावित शाह बिहीबार उदयपुर, खोटाङ र ओखलढुङ्गामा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुनेछन्।
कार्यतालिकाअनुसार उनी बिहान ८ बजे उदयपुरको गाईघाटमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि साढे ९ बजे देउरी–चौडे–कटारीमा कार्यक्रम छ। साढे १ बजे उनी खोटाङको हलेसी महादेव पुग्नेछन्।
यसैगरी साढे ३ बजे ओखलढुङ्गाको केतुकेमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया