काठमाडौं । नेपाल आईसीसी टी–२० पुरुष विश्वकपको आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेलमा बिहीबार क्यानडासँग भिड्दैछ। चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ।
लगातार दोस्रो वार्मअप खेल जित्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ। चेन्नईमै सम्पन्न पहिलो वार्मअप खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।
उता क्यानडा पनि पहिलो जितको खोजीमा छ। क्यानडाले पहिलो वार्मअप खेलमा इटालीसँग १० रनको हार व्यहोरेको थियो।
क्यानडाविरुद्धको खेलपछि नेपाली टोली मुम्बई प्रस्थान गर्नेछ। समूह ‘सी’ मा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ।
नेपालका सबै समूह चरणका खेल मुम्बईस्थित वान्खेडे क्रिकेट मैदानमा हुनेछ। नेपालले आइतबार इंग्ल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्नेछ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया