काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झापा कमल गाउँपालिकामा रहेको सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ।
कमल गाउँपालिका–२ स्थित बरिष्ठ नेता बालेन शाहसँग भेटघाटका लागि खोलिएको सम्पर्क कार्यालयमा तोडफोड गरिएको रास्वपा झापाले जनाएको छ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै सम्पर्क कार्यालय खोलिएको थियो। तोडफोडबाट सम्पर्क कार्यालयको झ्यालका सिसा फुटेको रास्वपाका जिल्ला सभापति प्रकाश पाठकले जानकारी दिए।
तोडफोडबाट झ्यालका सिसा फुटेको छ। अन्य क्षति छैन। प्रहरीले तोडफोड गर्नेको खोजी गरिरहेको छ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया