काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै व्यक्ति र पार्टीका विरूद्ध नरहेको बताएका छन्।
उनले सौहार्दपूर्ण प्रतिस्पर्धा आफूले चाहेको पनि उल्लेख गरेका छन्।
‘मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरूद्ध होइन। मेरो उम्मेदवारी त केन्द्र सत्ताले सधैं जुम्लाका जनप्रतिनिधिलाई सम्झिने र गर्ने दास व्यवहारविरुद्ध हो,’ उनले भने, ‘एउटै टेबलमा र एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो। त्यसरी प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्ने चुनावी माहौलमा होमिनु पर्छ।’
सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै उनले आफ्नो उम्मेदवारी कुनै दल र पार्टीविरुद्ध नभएको भन्दै सौहाद्रपूर्ण प्रतिस्पर्धा गर्न आह्वानसमेत गरेका छन्।
रास्वपा उम्मेदवार विनिता कठायतले शाहीप्रति लक्ष्य गर्दै मतदातामा ‘भ्रम फैलाएर भोट मागिरहेको’ उल्लेख गरेकी थिइन्।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार












प्रतिक्रिया