काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न समय तोकेको फागुन ४ गते अगाडि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने भएका छन् ।

पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, पार्टीका उम्मेदवार र नेता कार्यकर्तासँग छलफल गर्न सभापति थापा र उपसभापति शर्मा फागुन ४ गतेभित्र सातै प्रदेशमा पुग्ने उपसभापति पुष्पा भुसालले जानकारी दिइन् ।

advertisement

उपसभापति शर्मा निर्वाचन परिचालन समितिका संयोजक हुन् । ‘पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, उम्मेदवार र नेता कार्यकर्तासँग सम्वाद गर्न र पार्टीको अवस्था पहिचान गर्न सातै प्रदेशमा फागुन ४ गतेभित्र जाँदै हुनुहुन्छ,’ उपसभापति भुसालले रातोपाटीसँग भनिन्, ‘यो क्रम मधेस प्रदेशबाट सुरु भएको छ । शुक्रबार गण्डकी प्रदेशमा जाने कार्यक्रम तय भइसकेको छ ।’

मधेस प्रदेशको सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सभापति थापा माघ १२ गते मधेस झरेका थिए । उनी माघ १७ गते काठमाडौँ फर्किएका थिए । मधेस बसाइका क्रममा सभापति थापाले प्रदेशभित्र पर्ने जिल्लाका पार्टी सभापति ३२ क्षेत्रका पार्टीका उम्मेदवार तथा नेता कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए ।

‘सभापतिज्यूले केही दिनअघि मधेस प्रदेशमा आठ वटै जिल्लाका नेतृत्व र उम्मेदवारहरूसँग बसेर निर्वाचनको तयारीबारे संवाद गर्नुभयो । गण्डकी प्रदेशमा पार्टीको अवस्थाबारे छलफल गर्न सभापतिज्यू भोलि पोखरा जाँदै हुनुहुन्छ,’ उपसभापति भुसालले भनिन् । पोखरामा पार्टी उम्मेदवार, जिल्ला सभापति तथा नेता कार्यकर्तासँग संवाद गर्ने उनले बताइन् ।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com