काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार तथा वरिष्ठ नेता बालेन शाहले ३६ घन्टाभित्र चार जिल्लाका अधिकांश उम्मेदवारसँग भेटघाट गरेका छन्।
बुधबार बिहान मोरङका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार तथा सर्वसाधारणसँग भेटघाट गर्दै जनसमर्थन बटुलेका शाह बिहीबार मध्यान्हसम्म ओखलढुङ्गा पुगेका हुन्। उनले बुधबारको दिन मोरङ र सुनसरीका उम्मेदवारसँग भेटघाट गर्नुका साथै पार्टी सम्पर्क कार्यालयहरूमा पुगेर घन्टी बजाउँदै कार्यक्रम सम्पन्न गरेका थिए।
बिहीबार उनी उदयपुरका दुई निर्वाचन क्षेत्रमा भेटघाट गर्दै कटारी–घुर्मी हुँदै ओखलढुङ्गा पुगेका हुन्। शाहको खोटाङ जिल्ला जाने पूर्वयोजना पनि रहेकामा सर्वसाधारणसँगको प्रत्यक्ष साक्षात्कार र जनताबाट पाएको व्यापक समर्थनका कारण तय गरिएको समयतालिका प्रभावित भएको बताइएको छ।
बालेन शाहले आफ्नो निर्वाचन क्षेत्र झापा–५ का विभिन्न स्थानमा पुगेर समुदाय, सुकुम्बासी लगायतका स्थानीय समस्या सुनेपछि मदन भण्डारी लोकमार्ग हुँदै ओखलढुङ्गासम्मको यात्रा गरेका हुन्।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया