काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ।

अज्ञात व्यक्तिको आक्रमणमा सोही ठाउँका बासिन्दा खेम ढकालको मृत्यु भएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका थिए। गम्भीर घाइते भएका उनको अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको थियो।

प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले आक्रमणमा संलग्न भएको आशङ्कामा सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरिएको जानकारी दिए।

सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे हालसम्म जानकारी प्राप्त नभएको उनले बताए।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com