काठमाडौ । बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस दुर्घटनामा एक जना वडा सचिवसहित १३ जनाको मृत्यु भएको छ।

पुर्चौडी नगरपालिका–७, बडचौरमा भएको उक्त दुर्घटनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का वडा सचिव बसन्तराज जोशीको निधन भएको हो। प्रहरीले जनाएको अनुसार, बसन्तराज जोशी बझाङको बित्थडचिर गाउँपालिका–७ का स्थायी बासिन्दा थिए। उनी शैल्यशिखर नगरपालिका कार्यालयको पशु सेवा शाखामा नायब प्राविधिक सहायक (ना.प्रा.स.) पदमा कार्यरत थिए र वडा सचिवको जिम्मेवारी पनि सम्हालिरहेका थिए।

advertisement

जोशी आफ्नो पेशागत जिम्मेवारीका साथै नेपाल निजामती कर्मचारी संगठन, शैल्यशिखर नगर कार्यसमितिको सचिव पनि थिए। विवाहको खुशी साट्न हिँडेको जन्ती बस दुर्घटनामा परेपछि उनको निधनले गाउँ नै शोकमा डुबेको छ।

दुर्घटनामा घाइते भएका व्यक्तिहरूको उद्धार र मृतकहरूको सनाखतको कार्य अहिले पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com