काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशलाई सम्हाल्न सक्ने शक्ति कांग्रेस मात्रै भएको बताएका छन्।
पोखरामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताबाट जोगाउँदै विकासको बाटोमा अघि बढाउन सक्षम राजनीतिक शक्ति आवश्यक रहेको बताए। उनले नेपाललाई सम्हाल्न र सुधार गर्न सक्ने जिम्मेवारी कांग्रेसले मात्र वहन गर्न सक्ने दाबी गरे।
सभापति थापाले भने, “देश सम्हाल्न मात्रै होइन, नागरिकहरूले सुधार्न सक्ने शक्तिको पनि आवश्यकता छ। परिवर्तन ल्याउने काम कांग्रेसले मात्रै गर्न सक्छ। यो कुरा घरघरमा पुगेर जनतालाई जानकारी गराउनुहोस्।”
उनले देश विकासको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न कांग्रेस दृढ रहेको जिकिर गरे। उनले विगतमा हिंसाबाट देशलाई बाहिर ल्याएको जस्तै भ्रष्टाचारबाट पनि देशलाई मुक्त गराउन कांग्रेस सक्षम हुने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया