काठमाडौं।  पाकिस्तानको राजधानी इस्लामाबादको तरलाई क्षेत्रमा रहेको एक इमाम बारगाहमा ठूलो विष्फोट भएको छ। स्थानीय सञ्चारमाध्यम बीबीसी उर्दूका अनुसार घटनामा धेरै जना घाइते भएका छन् भने केहीको मृत्यु भएको आशंका गरिएको छ।

इस्लामाबाद प्रहरीका प्रवक्ताले बीबीसी उर्दूका शहजाद मलिकलाई दिएको जानकारीअनुसार विष्फोट इमाम बारगाहको आँगनमा भएको हो। विष्फोटपछि घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ।

advertisement

उद्धार सेवा ११२२ का अनुसार घाइतेहरूलाई तत्काल नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ। घटनापछि आईजी इस्लामाबादले शहरमा आपतकालीन अवस्था घोषणा गरेका छन्।

विष्फोट तरलाईस्थित इमाम बारगाह खादिजातुल कुबरामा भएको पुष्टि गरिएको छ। घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com