रुपन्देही। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासित गरेको छ।
पार्टी हितविपरीत व्यक्तिवादी गतिविधिमा संलग्न भएको आरोपमा उनलाई निष्कासन गरिएको प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिअनुसार काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि उक्त कारबाही गरिएको हो।
पार्टीका अनुसार उम्मेदवार बनेपछि काराखेतीले अनुचित रूपमा रकम माग गरेको तथा आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको तथ्य सार्वजनिक भएपछि निष्कासनको निर्णय लिइएको हो।
काराखेतीलाई निष्कासन गरेपछि रुपन्देही–३ मा अब कसलाई समर्थन गर्ने वा आगामी रणनीति के हुने भन्ने विषयमा पार्टी बैठकले छिट्टै निर्णय लिने प्रलोपा नेतृत्वले जनाएको छ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार













प्रतिक्रिया