काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संघीय राजधानी उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरुका तर्फबाट साझा प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरेका छन्।

काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका हुन्।

advertisement

यसका लागि उनले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्श गरिरहेका छन्। परामर्शपश्चात तयार पारिने बुँदा सार्वजनिक गर्ने तयारी गरिएको महामन्त्री पौडेलले बताए।

‘संघीय राजधानीमा धेरै जिल्ला र क्षेत्र छन्,’ उनले भने, ‘आ आफ्नो क्षेत्रमात्र भन्दा पनि सबै जिल्ला र क्षेत्रको विकासमा साझा सहमति जुटाएर अघि बढे नागरिकमाझ जान र भावी दिनमा काम गर्न समेत सजिलो हुने विश्वास छ।’

महामन्त्री पौडेलले सांसद रहँदा उपत्यकाको रिङ रोडको विकासका लागि उपत्यकाभित्रका सांसदहरु तथा सरकासमक्ष समेत दबाबमूलक अभियान चलाएका थिए। फलस्वरुप अहिले काठमाडौंभित्रको रिङरोडको विकास योजनाले गति पाएर सडक व्यवस्थित प्रक्रिया अघि बढिरहेको छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com