काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गराउन अनुगमन र नियमनलाई तीव्र बनाएको जनाएको छ। आचारसंहिता उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले स्पष्ट पारेको छ।

आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालित रहेको जानकारी दिए।

advertisement

उनका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषयमा र प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमनको जिम्मेवारी दिइएको छ। साथै, सम्बन्धित पक्षलाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको उनले बताए।

प्रवक्ता भट्टराईका अनुसार केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ३४ वटा विषयमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण मागिएको छ। तीमध्ये २४ वटा उजुरीमा जवाफ प्राप्त भइसकेको उनले जानकारी दिए।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com