काठमाडौं।  केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी वैकल्पिक सम्पर्क व्यवस्था मिलाउने निर्णय गरेको हो। साथै निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गरिनेछ।

advertisement

आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्ने विषयमा बैठक केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

बैठकले निर्वाचनसम्बन्धी सही र भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने, सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीको विशेष संयन्त्रलाई थप सशक्त र जिम्मेवार बनाउने निर्णय गरेको छ।

त्यसैगरी निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी कानुनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद–बिक्री तथा दुरुपयोग नियन्त्रण गर्ने विषयमा पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचनका क्रममा सुरक्षाकर्मीको परिचालन, उम्मेदवारको सुरक्षा व्यवस्थापनलगायतका विषयमा समेत विस्तृत छलफल भएको प्रवक्ता काफ्लेले बताए।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com