काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको आज बिहान ७ः३० बजे निधन भएको छ ।
हृदयाघातपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको निधन भएको हो । नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताए।
थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए । नेपाली र भारतीय चलचित्र उद्योगमा थापाको जिवन्त अभिनय छ । भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार












प्रतिक्रिया