काठमाडौं । नेपाली कांग्रेसको मधेस सभा एक दिन अघि सरेको छ। फागुन ७ गते जनकपुरमा आयोजना हुने तय भएको मधेस सभा अब फागुन ६ गते हुने भएको हो।
शनिबार कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले जनकपुरधामस्थित तिरुहुतिया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा सभाको प्रचार–प्रसारको जिम्मेवारी मधेस प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेशकुमार गुप्तालाई र मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय भएको छ।
बैठकले मधेस सभाको तयारी, व्यवस्थापन र संगठनात्मक पक्षमा व्यापक छलफल गर्दै प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट सहभागी गराउने योजना बनाएको छ।
उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यस्तै, केन्द्रका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहने जानकारी प्रचार–प्रसार विभाग प्रमुख गुप्ताले दिएका छन्।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया