काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले देशको समृद्धि, सामाजिक न्याय र समग्र विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने, “राज्यले सबै जाति र समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणाली लागू गरेपछि मात्र स्थायी राजनीतिक स्थायित्व सम्भव छ।”

advertisement

राष्ट्रपति पौडेलले नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई राष्ट्रिय गान ‘सयौँ थुँगा फूल’सँग तुलना गर्दै सबै नागरिकलाई समान पहुँच र सम्मान दिनु अपरिहार्य रहेको बताए। उनले आदिवासी जनजातिका भाषा, लिपि, संस्कृति र परम्परालाई मात्र सांस्कृतिक सम्पदा नभई नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू भएको प्रष्ट पारे।

यस्ता मौलिक सम्पदाको संरक्षण र विकासका लागि राज्यले नीतिगत र संरचनागत पहल गर्नुपर्नेमा उनले जोड दिए। उनले आदिवासी ज्ञान प्रणालीलाई वातावरणीय संरक्षण र दिगो विकासको आधारभूत स्रोतको रूपमा व्याख्या गर्दै, यी परम्परागत सीप र बुद्धिलाई राष्ट्रिय भण्डारको रूपमा जोगाउनुपर्ने बताए।

राष्ट्रपति पौडेलले सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक र नीतिगत बहसमा ल्याउन र उनीहरूको पहिचानलाई राष्ट्रिय विकाससँग जोड्न सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com