काठमाडाैं । झापा कमल गाउँपालिकाका बासिन्दाले भावनामा बहकाउने नेताभन्दा देश र समाज निर्माणमा समर्पित नेतृत्व आवश्यक रहेको बताएका छन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा स्थानीय नागरिकहरूले झापा–५ चेतनशील मतदाताको क्षेत्र भएकाले यहाँका मतदाता सजिलै बहकिने खालका नभएको बताएका हुन्।

advertisement

आइतबार कमल गाउँपालिकाको वडा नम्बर ५ बाट विभिन्न बस्तीका नागरिकसँग ओलीले भेटघाट सुरु गरेका थिए। भेटका क्रममा स्थानीयवासीले अध्यक्ष ओलीलाई स्वागत गर्दै यस क्षेत्रको विकासमा उनले खेलेको भूमिकालाई स्मरणयोग्य रहेको बताए।

स्थानीय शोभा संग्रौलाले जनतालाई भ्रममा पार्ने नेताको आवश्यकता नरहेको उल्लेख गर्दै आफ्नो क्षेत्र र देशलाई अघि बढाउने नेतृत्व चाहिएको धारणा राखिन्। त्यस्तै, ज्येष्ठ नागरिकहरूले ओलीलाई अझै केही समय विश्राम नलिई देश निर्माणमा सक्रिय रहन आग्रह गरे।

स्थानीय वृद्धवृद्धाहरूले आफूहरू कसैको प्रभावमा नपर्ने स्पष्ट पार्दै आगामी निर्वाचनमा ओलीलाई पुनः विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसै क्रममा अध्यक्ष ओली स्वर्गीय खम्बासिंह दर्जीको शोकसभामा पनि सहभागी भएका थिए। एमाले कमल गाउँ कमिटी अध्यक्ष हरी ढकालका अनुसार ओलीले क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुग्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com