काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१४ अग्यौलीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार अग्यौलीस्थित भित्री सडक खण्डमा गएराति ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल चालक देवचुली नगरपालिका–१७ का २८ वर्षीय ओमप्रकाश खोजवार गम्भीर घाइते भएका थिए। उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उनको मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
त्यसैगरी प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन्।
प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया