काठमाडाैं । बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी निस्केका विष्ट घरबाट करिब १०० मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको उनले बताए ।
विष्टको शव फेला परेको विषयमा प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया