काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमै उत्पादन हुने खाना पकाउने ग्यासलाई पाइपमार्फत घरघरमा वितरण गर्न सकिने बताएका छन्।

घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै उनले अब विदेशबाट आयात गरिने ग्यासको भर पर्नु नपर्ने दाबी गरे। नेपालमा ग्यासको सम्भावना रहेको उल्लेख गर्दै अहिले निकाल्न छाडेर बन्द गरिएको ग्यास उत्खनन पुनः सुरु गर्नुपर्ने उनको भनाइ छ। पानीजस्तै ठ्याकीमा भण्डारण गरेर पाइपबाट घरघरमा पुर्‍याउन सकिने र त्यसका लागि सिलिन्डरको आवश्यकता नपर्ने ओलीले बताए।

advertisement

गुइँठा बाल्नुलाई संस्कृति भन्न नमिल्ने भन्दै उनले त्यसलाई गरिबीको संकेतका रूपमा व्याख्या गरे। संस्कृति संरक्षणसँगै गरिबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले दाउरा र गुइँठा प्रयोगभन्दा माथि उठेर विद्युत प्रयोगतर्फ जानुपर्ने बताए।

उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै काठमाडौंमा चुनाव जित्ने अवस्था नदेखिएपछि झापा आएको टिप्पणीसमेत गरे।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com