काठमाडाैं । आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ को डेब्यु खेलमा इटालीले स्कटल्यान्डसँग ७३ रनको हार व्यहोरेको छ।
सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमै अलआउट हुँदै १३४ रनमा समेटियो।
इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रन बनाए। ३१ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। ह्यारी मानेन्टीले २५ बलमा ३७ रन जोडे भने जेजे स्मट्सले २२ र एन्टोनी मोस्काले १३ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
स्कटल्यान्डका माइकल लिस्कले चार विकेट लिए। मार्क वाटले दुई विकेट हात पारे भने ओलिभर डेभिडसन, ब्राड ह्वेल र ब्राड क्युरीले समान एक–एक विकेट लिए।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार













प्रतिक्रिया