काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पश्चिम नवलपरासीमा आज, मंगलबार, हुने भनिएको चुनावी कार्यक्रम जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले रोक लगाएको छ।

सोमबार लामिछाने रुपन्देहीमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए, तर मंगलबारको नवलपरासी कार्यक्रम प्रशासनले रोक लगाएको हो।

advertisement

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ कि उक्त कार्यक्रम “निर्वाचन आचारसंहिता विपरीत” हुने भएकाले रोक लगाइएको हो। पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषन राज भण्डारीले जारी गरेको सूचनामा भनिएको छ:

“मिति २०८२ साल माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ हुने सूचना प्राप्त भएको छ। सो सम्बन्धमा निर्वाचन आचारसंहिता २०८२ अनुसार विपरीत गतिविधि नगर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।”

सोमबार रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा सम्बोधनसहित चुनावी कार्यक्रममा सहभागी भएका लामिछानेले माघ २७ गते नवलपरासीमा पनि कार्यक्रम गर्ने तयारी गरेका थिए। तर प्रशासनले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै कार्यक्रममा रोक लगाएको छ।

 

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com