काठमाडाैं । बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा सोमबार राति विद्युत चुहावट (करेन्ट) लागेर मजदुरको मृत्यु भएको छ ।

ओमकार रेडिमेड कङ्क्रिटमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

advertisement

उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com