काठमाडाैं । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी) सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका-२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बू र ३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार, इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले हिजो साँझविशेष सूचनाका आधारमा सिलासको घरमा खानतलासी गरेको थियो ।

advertisement

लिम्बूको सुत्ने कोठाबाट मेड इन यूएसएु लेखिएको एक थान पेस्तोल, दुई थान वाकीटकी र भरुवा बन्दुक जस्तो देखिने काठको हतियार बरामद भएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार र सञ्चार सेट राख्नमा प्रेमबहादुर गुरुङको पनि संलग्नता देखिएपछि उनलाई पनि घरैबाट पक्राउ गरिएको हो ।

दुवैजना बेलबारी प्रहरीको हिरासतमा छन् । उनीहरूमाथि हातहतियार खरखजानासम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com