काठमाडौं । रामेछाप जिल्लाको सेलेघाट क्षेत्रमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेका मृतकमध्ये ११ जनाको पहिचान खुलिसकेको छ भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

advertisement

दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको मन्थली नगरपालिका–११ निवासी ३१ वर्षीय सुशान्त थापामगरलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टले जानकारी दिए ।

दुर्घटनामा चालकको मेरुदण्डमा चोट लागेको भए पनि उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com