काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब भ्रष्टाचारविरुद्ध कठोर कदम चालिने स्पष्ट पारेका छन्। सिरहाको गोलबजारमा मंगलबार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्ष कांग्रेसले भ्रष्टाचारविरुद्ध अभियानकै रूपमा काम गर्ने बताए।

सभापति थापाले नेपाललाई भ्रष्टाचारले ग्रसित ‘महारोग’ लागेको उल्लेख गर्दै त्यसको उपचार अब ढिलाइ गर्न नहुने बताए।

advertisement

“नेपालमा लागेको महारोग भ्रष्टाचार हो। यसलाई जरैबाट समाप्त पार्न जिहादजस्तै संघर्ष आवश्यक छ, र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्छ,” उनले भने।

उनले पार्टीभित्रैबाट सुधार सुरु गरिने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसलाई अब भ्रष्टाचार गर्ने कुनै छुट नरहेको बताए। “हामी आफैंबाट उदाहरण प्रस्तुत गर्छौं,” थापाको भनाइ थियो।
कार्यक्रममा समयभन्दा करिब तीन घण्टा ढिलो पुगेका थापाले आयोजकहरूले सोचेभन्दा फरक ढंगले कार्यक्रम आयोजना गरेकाले समयमै उपस्थित हुन नसकिएको स्पष्टिकरण दिएका छन्।
सभापति थापाले आगामी दिनमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई कांग्रेसको मुख्य प्राथमिकता बनाइने पनि बताए।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com