काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। समूह ‘डी’, ‘सी’ र ‘बी’ का एक–एक खेल आयोजना हुन लागेका हुन्। पहिलो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका, दोस्रो खेलमा अस्ट्रेलिया र आयरल्यान्ड तथा तेस्रो खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुनेछन्।

पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान अहमदाबादमा बिहान ११ः१५ बजे प्रतिस्पर्धा गर्दैछन्। दुवै टोलीका लागि यो दोस्रो खेल हो। दक्षिण अफ्रिकाले पहिलो खेलमा क्यानडालाई ५७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। अफगानिस्तान भने पहिलो खेलमा न्युजिल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो। आज अफगानिस्तान पहिलो जितको खोजीमा रहनेछ भने दक्षिण अफ्रिका लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

advertisement

दोस्रो खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ। अस्ट्रेलियाका लागि यो विश्वकपको पहिलो खेल हो। आयरल्यान्ड भने पहिलो खेलमा श्रीलंकासँग २० रनले पराजित भएको थियो। दुवै टोली प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छन्।

तेस्रो खेल बुधबार साँझ ७ः१५ बजे भारतको मुम्बईस्थित वानखेड़े मैदानमा हुनेछ। विश्वकपमा विजयी सुरुवात गरेका वेस्ट इन्डिज र इंग्ल्यान्ड दुवै टोली दोस्रो जितको खोजीमा छन्। पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई चार रनले हराएको थियो भने वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गरेको थियो।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com