काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी नेतृत्वको कमजोरीका कारणले एमालेका कार्यकर्ता इतिहासमै पहिलो पटक रक्षात्मक अवस्थामा रहेको टिप्पणी गरेका छन्।

चुनावी तयारीबारे नेकपाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भिडिओमा आफ्नो पार्टीले १६४ क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि आत्मविश्वास देखिएको जिकिर गरे।

advertisement

उनले भने, ‘हाम्रो रिपोर्ट धेरै सकारात्मक छ। इतिहासमै पहिलो पटक एमालेका कार्यकर्ताहरू रक्षात्मक भएका छन्। भदौ २३ गतेको दमन र पार्टी नेतृत्वको बदमासीको कारणले। जेजे भएपनि फेरी कांग्रेस त फुटिसक्यो। नयाँहरूको बिस्तारै पहिलाको ग्राफ घटिरहेको छ।’

उनले काठमाडौंसहित देशैभरी नयाँ दलको लोकप्रियता खस्किएको भन्दै प्रियतावाद र स्टन्टबाजी लामो समय नटिक्ने बताए ।

उनले भने, ‘यो पानीको फोका जस्तै मात्रै हो। रास्वपा र बालेनको बिचमा भएको सहमतिमा प्राविधिक कुरा देखि बाहेक न दर्शनको कुनै संकेत छ, न विचार छ, न सिद्धान्त छ, न त्यहाँ चाहिँ राजनीतिक कार्यदिशा छ, न त्यहाँ रणनीति छ, हैन न त्यहाँ दृष्टिकोण छ, त्यहाँ न नीति छ, न योजना छ, न कार्यक्रम छ। एजेन्डा नै स्पष्ट छैन।’

उनले आफ्नो पार्टी जनतालाई राम्रोसित स्थापित हुँदै गएको जिकिर गरे।

उनले भने, ‘हामीले जनतासित आत्मालोचना गरेपछि हामीप्रति मन फर्किएको छ। हाम्रो वर्ग दृष्टिकोणका आधारस्तम्भ तिनीलाई हामीले नजरअन्दाज गरेका थियौँ। हामीबाट गल्ती भएकै हो, कमजोरी भएकै हो। हामी त्यो कमजोरी सच्याउँछौँ। देशका लागि जस्तोसुकै चाहिँ पहलकदमी लिनका लागि पनि तयार छौँ।’

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com