जेरुसेलम। इजरायली सुरक्षा बलले बुधबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट २३ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ।
वफा समाचार एजेन्सीका अनुसार स्थानीय सुरक्षा स्रोतहरूले अल–खलिल क्षेत्रमा १० जनालाई पक्राउ गरिएको र विभिन्न घरहरूमा छापा मारिएको जानकारी दिएका छन्।
त्यस्तै, बेथलेहेमबाट चार जना, नब्लस गभर्नरेटबाट पाँच जना र उत्तरी रामल्लाह क्षेत्रबाट तीन जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ। उत्तरपूर्वी जेरुसेलममा एक जना प्यालेस्टिनी महिलालाई पनि पक्राउ गरिएको बताइएको छ।
पछिल्लो समय वेस्ट ब्याङ्क, अल–कुद्सका सहर तथा शरणार्थी शिविरहरूमा इजरायली सुरक्षाबलद्वारा नियमित रूपमा छापा र नियन्त्रण अभियान सञ्चालन हुँदै आएको जनाइएको छ। यस्ता अभियानका क्रममा झडप, गिरफ्तारी र अश्रुग्यास प्रहारका घटनाहरू समेत हुने गरेको समाचारमा उल्लेख छ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार













प्रतिक्रिया