काठमाडाैं । दक्षिणी थाइल्यान्डको सोङ्खला प्रान्तमा बुधबार भएको गोली हानाहानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको विद्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

रोयल थाई प्रहरीले बिहीबार सामाजिक सञ्जाल मार्फत आक्रमणमा एकजना प्रिन्सिपलको मृत्यु हुनुका साथै दुई जना विद्यार्थी घाइते भएको पुष्टि गरेको छ ।

advertisement

प्रहरीका आुसार संदिग्ध १७ वर्षीय स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ अपराधीले प्रहरीबाट चोरी गरेको राइफलले अपराध गरेका थिए ।

सोङख्ला प्रान्तीय जनसम्पर्क कार्यालयले यस अघि एक बन्दुकधारीले हाट याई जिल्लाको एक विद्यालयमा आक्रमण गरी गोली चलाएको र शिक्षक तथा विद्यार्थीहरूलाई बन्धक बनाएको सङ्केत जनाएको थियो ।

 

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com