काठमाडौं। जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा कम्तीमा २० जना भन्दा बढी यात्रु घाइते भएका छन्।

घटना शंखरापुर नगरपालिका–३, फेदी पुल नजिक भएको हो। दुर्घटनामा परी सामान्य घाइते भएका यात्रुलाई पिपल्स लाइफ केयर हस्पिटल, साँखुमा भर्ना गरिएको छ भने गम्भीर घाइतेलाई काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

advertisement

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनाको विस्तृत विवरण संकलन भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार बस सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ। प्रहरी र उद्धार टोलीले तत्कालै दुर्घटनास्थलमा पुगेर घाइतेको उद्धार तथा बसको सुरक्षित व्यवस्थापनमा ध्यान दिएका थिए।

सवारी दुर्घटनाका कारण काठमाडौं–भक्तपुर मार्गमा केही समयका लागि आवतजावतमा असर परेको र यात्रु तथा स्थानीयहरुलाई सचेत रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com