काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाल सरकारलाई सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण गरेको छ।

गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले तेस्रो चरणको सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा गृहमन्त्री, नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक लगायत उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

advertisement

भारत सरकारले पहिलो चरणमा ६२, दोस्रो चरणमा २५४ र तेस्रो चरणमा २२३ गरी कुल ५८९ सवारीसाधन उपलब्ध गराएको जनाएको छ। साथै, सोही अवसरमा नेपाली सेनाका लागि ५० वटा सवारीसाधन समेत हस्तान्तरण गरिएको जानकारी दिइएको छ।

निर्वाचन व्यवस्थापन, सामग्री ढुवानी तथा सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक सवारीसाधन उपलब्ध गराइदिन गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायता अनुरोध गरेको थियो। सोही अनुरूप भारत सरकारले सहयोग उपलब्ध गराएको हो।

सरकारले निर्वाचन तयारीलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक भौतिक स्रोतसाधन जुटाउने क्रममा उक्त सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com