काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।

बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्। आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको उनले बताए।

advertisement

मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसले यस्तो निर्णय लिएको उनको भनाइ छ। सम्बोधनका क्रममा शर्माले अबको निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए।

शर्माले राजनीतिक स्थिरताका लागि ‘विनर्स टेक अल’ (विजेताले सबै पाउने) को नयाँ सिद्धान्त प्रस्ताव गरेका छन्। उनका अनुसार चुनावमा सबैभन्दा ठूलो दल हुने पार्टीले नै पूर्ण पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ।

यदि संसद्‌मा १ सय ३८ को बहुमत नपुगेमा समानुपातिक हिस्साबाट आवश्यक सिट संख्या थप गरेर भए पनि ठूलो दललाई नै बहुमत पुर्‍याइदिने कानूनी र संवैधानिक व्यवस्था गर्नुपर्ने उनको तर्क छ।

रुपन्देहीका पाँचै क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन अपील गर्दै शर्माले कार्यकर्ताहरूलाई सानातिना कुरा बिर्सेर रुख चिन्हमा गोलबद्ध हुन आग्रह गरे।

निर्वाचनको दिन पूरै रुपन्देही रुखमय हुनुपर्ने भन्दै उनले राष्ट्रिय संवाद र गोलमेच सम्मेलनमार्फत चुनावी सुधारका प्रस्तावहरू पास गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com