काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ। देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ।
शुक्रबार दिउँसो तराई क्षेत्रका केही स्थानमा मध्यान्हसम्म हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश मा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।
आज राति तराईका थोरै स्थानमा तुँवालो देखिन सक्नेछ। राति कोशी प्रदेश र गण्डकी प्रदेश का उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया