काठमाडौं । जसपा नेपाल का अध्यक्ष उपेन्द्र यादव ले वर्तमान निर्वाचन प्रणाली महँगो र असफल भएको उल्लेख गर्दै शासकीय स्वरूपमा सुधार आवश्यक भएको बताएका छन्।

पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक कार्यक्रममा यादवले संसदीय प्रणालीले देशलाई अपेक्षित उन्नतिसम्म पुर्‍याउन नसकेको बताए। उनले भने, ‘हामी अहिले जुन खालको संसदीय अभ्यास गरिरहेका छौँ, त्यसले मुलुकलाई कहीँ पुर्‍याउँदैन। यो प्रणाली असफल भइसकेको छ। शासकीय स्वरूपमा परिवर्तन अनिवार्य छ र निर्वाचन प्रणाली महँगो छ।’

advertisement

अध्यक्ष यादवले संविधान संशोधन वा पुनर्लेखनमार्फत समयसापेक्ष सुधार गर्नुपर्ने अवस्था आएको पनि बताएका छन्। उनका अनुसार, मुलुकले सङ्घीय लोकतान्त्रिक व्यवस्था अंगीकार गरिसकेको भए पनि यसको वास्तविक अनुभव जनताले पाएको छैन।

उनी यस परिवेशमा व्यवस्थागत सुधारमार्फत जनताको विश्वास र लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्ने पक्षमा रहेको जनाए।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com