काठमाडाैं  । नेपाली कांग्रेस का केन्द्रीय सदस्य तथा नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरी ले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छन्। उनले अबको दिशा सय सिट पार गराएर सभापति गगनकुमार थापा लाई प्रधानमन्त्री बनाउने रहेको उल्लेख गरे।

बर्दघाट नगरपालिका–१६ मा चुनाव प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै चौधरीले कार्यकर्ता तथा शुभेच्छुकलाई सक्रिय रूपमा चुनावमा खटिन आग्रह गरे। कांग्रेसभित्रको एकरुपता र बढ्दो जनसमर्थन देखेर प्रतिस्पर्धीहरू अताल्लिएको दाबी गर्दै उनले उत्साहपूर्वक निर्वाचनमा होमिन आह्वान गरे।

advertisement

उनले बदलिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले औँला उठाउन नसक्ने अवस्थामा पुर्‍याउनुपर्नेमा जोड दिए। फरक प्रसङ्गमा उनले बर्दघाट–१६ स्थित सूर्यनगर रंगशालालाई नमूना रंगशालाका रूपमा विकास गर्न सकिने बताए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल जन्मिएको यस क्षेत्रको रंगशालालाई भविष्यमा टी–२० खेल आयोजना गर्न सक्ने स्तरमा पुर्‍याउने प्रतिबद्धता उनले जनाए।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले चौधरीको तीन वर्षे कार्यकालमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गर्दै अधुरा योजना पूरा गर्न र स्थायी पाँच वर्षे कार्यकालका लागि उनलाई विजयी गराउन आग्रह गरे।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com