एजेन्सी । शेख हसिना ले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी अवामी लिग लाई चुनावमा प्रतिबन्ध लगाइएको तथा अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाएकी हुन्।

नतिजा सार्वजनिक भएपछि उनले मोहम्मद युनुस ले असंवैधानिक तरिकाले सत्ता सम्हालेर ‘देखावटी चुनाव’ गराएको दाबी गरिन्। उनका अनुसार जनमतलाई कुल्चिएर गरिएको निर्वाचनको कुनै वैधानिकता छैन।

advertisement

निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ। तर, मुख्य प्रतिस्पर्धी अवामी लिगलाई प्रक्रियाबाटै बाहिर राखेर गरिएको चुनावले जनताको वास्तविक प्रतिनिधित्व नगर्ने हसिनाको दाबी छ। उनी नेतृत्वको अवामी लिग करिब १५ वर्ष सत्तामा थियो।

बीएनपीको जितसँगै तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ। १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका उनले दुई क्षेत्रबाट विजय हासिल गरेका छन्। हसिनाले भने रहमानको नेतृत्व र निर्वाचन प्रक्रिया दुवै अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको आरोप लगाएकी छन्।

यसैबीच जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७० सिट जितेको छ। जमात प्रमुख शफिकुर रहमानले ढाका–१५ बाट विजय हासिल गरेका छन्।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com