मकवानपुर। मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका–४ जुरेली (माझी गाउँ) का स्थानीयवासीहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार विजय गौतमको उपस्थितिमा आयोजित कार्यक्रममा गाउँका स्थानीयहरूले सामूहिक रूपमा पार्टी प्रवेश गर्दै उनलाई आगामी निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

advertisement

स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ। गाउँस्तरमा संगठित रूपमा गरिएको प्रवेशले निर्वाचन प्रतिस्पर्धामा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

कार्यक्रममा बोल्दै उम्मेदवार गौतमले आफू पहिलोपटक चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै जनताको विश्वासलाई कायम राख्ने प्रतिबद्धता जनाए। “तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन,” उनले भने।

उनले शिक्षा, रोजगारी, ढल–शौचालय, खेलमैदान तथा बाढी–पहिरो नियन्त्रणजस्ता स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्ने बताए। साथै युवाहरूलाई रोजगारीका अवसर सिर्जना गरी विदेश पलायन हुन नपर्ने वातावरण बनाउने आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरे।

कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र समूहबाट करिब सय जना नेता–कार्यकर्ता पनि नेकपामा प्रवेश गरेको जनाइएको छ।

यस घटनापछि मकवानपुर–१ को चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com