मुगु। मुगुबासीको मुख्य आम्दानीको स्रोत पशु पालन हो। तर सोरु गाउँपालिका वडा नं. १० र ११ मा कृषकले पाल्दै आएका भेडा–बाख्रा अज्ञात रोगको चपेटामा परेका छन्।

पुस र माघ महिनामा अचानक भेडा–बाख्राहरु मर्न थालेपछि स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रका भेडीगोठमा पुगेर उपचार र रोग पहिचानमा जुटेका छन्।

advertisement

स्थानीय कृषक पूर्ण बहादुर मल्लले बताए अनुसार, “हामी तीन पुस्तादेखि भेडा पालन गर्दै आएका छौं। ६० वटा भेडा मर्न थालेका छन्, टाउको र घाँटी सुनिन थालेको, रौं खुइलिएको, छेर्ने र हिँड्न गाह्रो हुने अवस्था देखिएको छ। घरेलु औषधी र एग्रोभेटको उपचार गर्दा पनि मृत्युदर कम भएको छैन।”

हालसम्म करिब १ सय ५० भन्दा बढी भेडा–बाख्रा मृत्युवरण गरेको छ। जिल्लाको पशु अस्पताल, पशु सेवा कार्यालय र प्रदेश प्रयोगशालाबाट औषधीसहितको टोली आएको छ। सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार, गोठमा गएर रोगको अध्ययन भइरहेको छ र ल्याब रिपोर्ट आएपछि थप औषधी तथा रोकथामका उपाय गरिनेछ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com