काठमाडाैं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार बिहान ११:१५ बजे वेस्ट इन्डिजसँग आफ्नो तेस्रो खेल खेल्ने तयारी गरेको छ।
खेलअघि नेपाली टोलीले भारतको मुम्बईस्थित वानखेडे रंगशाला मा बिहान अभ्यास सत्र सम्पन्न गरेको थियो। तर अभ्यासमा टोलीका कप्तान रोहित कुमार पौडेल सहभागी भएनन्।
टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले कप्तान अस्वस्थ भएका कारण अभ्यासमा अनुपस्थित रहेको जानकारी दिए। उनले वानखेडेमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘कप्तानको अवस्था सामान्य छ। हिजो राति उनलाई ज्वरो आएको थियो, औषधि सेवन गरेका छन्। सम्भवतः भोलिसम्म पूर्ण रूपमा ठीक हुनेछन्।’
रोहितले यसअघि इंग्ल्यान्ड र इटालीविरुद्धका खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। इंग्ल्यान्डविरुद्ध उनले ३९ रन बनाएका थिए भने इटालीसँगको खेलमा २३ रनको योगदान दिएका थिए।
नेपालले वेस्ट इन्डिजविरुद्ध महत्वपूर्ण अंकका लागि मैदान उत्रिने तयारी गरिरहेको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया