काठमाडौं। राप्रपाले पाँच वर्षभित्र यातायात सञ्जाललाई आधुनिक र व्यवस्थित बनाइने सङ्कल्प गरेको छ।

आज अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेको घोषणापत्रमा मेट्रो, पड वे, आकाशे पुल, अण्डरपास, ओभरपास, रिङरोड विस्तार तथा वैकल्पिक मार्ग निर्माणमार्फत ट्राफिक जाम अन्त्य गरी आवागमनलाई सहज बनाइने उल्लेख छ।

advertisement

घोषणापत्रमा भनिएको छ, ‘स्मार्ट ट्राफिक प्रणाली, पार्किङ सुविधा, इलेक्ट्रिक बस र रेलको प्रयोगलाई प्रोत्साहन दिइनेछ। ग्रामीण तथा शहरी क्षेत्रमा समान पहुँच सुनिश्चित गरी सुरक्षित, सहज र समय बचत हुने यातायात सेवा उपलब्ध गराइनेछ ।’

पाँच वर्ष भित्र सम्पूर्ण उपत्यकालाई मेट्रो रेल/पड वे लगायतका यातायातमार्फत यातायात सञ्जालमा जोडिने, राष्ट्रिय रणनीतिक सडक सञ्जाललाई बाह्रै महिना सुचारु गर्न विशेष व्यवस्था गरिने प्रतिबद्धता गरेको छ।

मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्गलाई तीन वर्ष भित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति, अन्य राजमार्गलाई सवारी चापको आधारमा विस्तार, चालु तथा प्रस्तावित आयोजनाहरूको रणनीतिक, लागत प्रभावी र पहुँचका आधारमा पुनरावलोकन गरी ३ वर्ष भित्र सम्पन्न गरिने गरी निर्माणलाई तीव्रता दिइने उल्लेख छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com