काठमाडौं । नेकपा (एमाले) का आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जेनजी आन्दोलनका जायज मागप्रति पार्टीले विरोध नगरेको स्पष्ट पारेका छन्। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र विध्वंसका घटनामा मात्रै एमालेले विरोध गरेको बताए।

शाहीले भने, “जेनजी पुस्ताले सुशासन, भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाह सुधार्न उठाएका मागमा हामीले विरोध गरेका छैनौँ। हाम्रो विरोध केवल हिंसा, आगजनी र विध्वंसमा मात्र हो।” उनले थपे, “सिंहदरबार जलाउने, प्रतिनिधिसभा जलाउने, नख्खु जेल तोड्ने जस्ता कार्यहरू मुलुक जलाउने हिसाबले भएका हुन्, ती घटनाप्रति एमाले जहिल्यै विरोध गर्छ।”

advertisement

शाहीले एमालेको स्पष्ट नीति बताउँदै भने, “हामीलाई हिंसा स्वीकार्य छैन, विध्वंस स्वीकार्य छैन र दण्डहीनता हामीले कहिल्यै स्वीकार गरेका छैनौँ। हामीले भनेको विषय यही हो।” यसरी एमालेले जेनजी आन्दोलनका सकारात्मक र जायज मागलाई समर्थन गर्दै, मात्र अवैध र हिंसात्मक गतिविधिको विरोध गरेको दाबी गरेको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com