काठमाडौं। नेकपा (एमाले) को झापा–५ क्षेत्रीय कमिटीले अध्यक्ष केपी शर्मा ओली लाई नै मत हाल्नुपर्ने भन्दै अपिल सार्वजनिक गरेको छ। रिपोर्टर्स नेपाल का अनुसार शनिबार काठमाडौं मा सार्वजनिक गरिएको उक्त अपिलमा ३० बुँदा समावेश गरिएको छ। अपिलको पहिलो बुँदामा राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै लोकतन्त्र सुदृढ बनाउन ओलीलाई मत दिनुपर्ने उल्लेख गरिएको छ।

अपिलमा विदेशी हस्तक्षेप अन्त्य गर्न, जनताका खोसिएका अधिकार पुनर्स्थापना गर्न तथा नेपाल मा रहेको त्रासको वातावरण अन्त्य गरी सबै नागरिकलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्न पनि ओलीलाई नै मत दिनुपर्ने भनिएको छ। साथै भ्रष्टाचार र कुशासन अन्त्य गर्दै सुशासन कायम गर्न ओली नेतृत्व आवश्यक रहेको दाबी अपिलमा गरिएको छ।

advertisement

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com